मनसुन भित्रिएयता २ सय १० जनाकाे ज्यान गयाे

मनसुन भित्रिएयता २ सय १० जनाकाे ज्यान गयाे

काठमाण्डाै – यस वर्षको मनसुन शुरू भएपछि अर्थात् गएको जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी २ सय १० जनाको ज्यान गएको छ ।

यी घटनामा २ सय ७२ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी, पहिरोमा परेकामध्ये ५२ जना बेपत्ता भएका छन् । बाढीका कारण ४ सय ८ वटा घर डुबानमा परेका छन् । यस्तै ३ सय ६५ वटा घर, १ सय २६ वटा गोठ, ५३ वटा पुल, ७ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

विपद्मा परी ९ सय ७२ वटा पशुचौपाया मरेका प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij