JanataToday.com

Advertisment

SKIP THIS

महिला भलिबल खेलाडीले आज जनही तीन लाख पुरस्कार पाउँदै

महिला भलिबल खेलाडीले आज जनही तीन लाख पुरस्कार पाउँदै

काठमाडौं –सरकारले आज महिला भलिबल खेलाडीहरुलाई पुरस्कार वितरण गर्दैछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

गत साउन ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा उपविजेता बन्न सफल राष्ट्रिय महिला टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो।

बैठकले टोलीका १४ जना खेलाडीलाई जनही तीन लाख, मुख्य प्रशिक्षकलाई दुई लाख तथा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। सोही पुरस्कार आज पाउन लागेको राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए।

साउन १७ गते देखि २३ गतेसम्म भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलङ्काका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो।  यस्तै सेमिफाइनलमा इरानलाई हराएको नेपाल फाइनलमा भारतसँग ३–२ ले पराजित भएको थियो।

प्रकाशित मिति : बिहिबार, भाद्र १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij