घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने सर्वदलीय बैठककाे निर्णय

घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने सर्वदलीय बैठककाे निर्णय

काठमाण्डाै – सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिककाे पुनर्स्थापना प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा आज बसेको बैठकले बाढी पहिरो पीडितहरूको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, खानपिन र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

 

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै पीडितहरूका लागि उचित आवासको प्रबन्ध गर्न तत्काल आवश्यक कदम चाल्ने बताएको छ ।

 

बैठकले बाढी पहिरोले अवरुद्ध राजमार्गमा अलपत्र यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउन जिल्ला विपद् व्यवस्थापन समिति, यातायात व्यवसायी सङ्घ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा उद्धार कार्यलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

 

यसैगरी सङ्घीय राजधानी काठमाण्डाै जोड्ने राजमार्गहरूलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्नेछ । ऊर्जा मन्त्रालयले क्षतिग्रस्त प्रसारण लाइन र विद्युत् गृहहरूको मर्मत गरी बिजुली आपूर्ति सुनिश्चित गर्नेछ भने सञ्चार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा पुनर्स्थापना गर्ने निर्णय भएको छ ।

 

यस्तै खानेपानी मन्त्रालयले प्रभावित क्षेत्रका खानेपानी प्रणालीहरूको मर्मत गर्ने जनाएको छ । बैठकले खाद्यान्न, तरकारी, फलफूल, ग्यासजस्ता अत्यावश्यक उपभोग्य सामग्रीहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउन विशेष व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : आइतबार, असोज १३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij