कात्तिक २ र ३ गते  देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउने

कात्तिक २ र ३ गते  देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुगाको औषधि खुवाउने

काठमाडौँ :

 सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते  ( भोल र पर्सी) देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका अनुसार ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।

जस अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij