नेपाल कम्युनिष्ट पार्टी (एमाले) सैनामैना नगर कमिटी, रुपन्देहीको दोस्रो अधिवेशन कार्तिक ७ गते बुधबार (आज) हुँदैछ । नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नगर अध्यक्ष चेतनारायण न्यौपाने (नारायण) ले जानकारी दिए ।
अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेेछ । एमालेको नगर कमिटी ७५ सदस्यीय रहने विधानमा व्यवस्था छ । जसमा एक अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित अन्य सदस्यहरु रहनेछन् । कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाँकी अन्य सदस्यको सहभागीता हुनेछ ।
अधिवेशनको पार्टी केन्द्रीय सचिव, लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री पद्मा अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगर अधिवेशन सम्पन्न गर्न वडा नम्बर १ देखि ११ का २५१ जना प्रतिनिधि छनौट भएका छन् । कार्यक्रम सैनामैना–८ रामापुरको सत्चिन्तनमा हुनेछ ।
प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्