JanataToday.com

Advertisment

SKIP THIS

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

साफ महिला फुटबलमा नेपाल र श्रीलङ्काको खेल आज

काठमाण्डौ – काठमाण्डौमा भइरहेको साफ महिला फुटबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

 

यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ । यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij