चितवनमा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्याे

चितवनमा दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्याे

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रोबस ठोक्किँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

 

 

मृत्यु हुनेमध्ये गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका ४२ वर्षीय राजबहादुर गुरुङको मात्र पहिचान खुलेको छ। अन्य तीन पुरुष र एक महिलाको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।

दुर्घटनापछि उपचारका लागि लगिएका उनीहरू सबैको मृत्यु भरतपुर अस्पतालमा भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ज्यान गुमाउने  र घाइते सबै माइक्रोबसका यात्रुहरू हुन् । बसमा सवार यात्रुहरुको अवस्था भने सामान्य नै रहेको र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २८१२ नम्बरको बस आज बिहान ३ बजे आपसमा ठोक्किएका हुन् ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक २३ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij