JanataToday.com

Advertisment

SKIP THIS

आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपाल यूएईसँग १३ रनले पराजित

आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपाल यूएईसँग १३ रनले पराजित

काठमाडौं-आईसीसी यू–१९ महिला टी–ट्वेन्टी विश्वकप छनोट क्रिकेटमा नेपाल यूएईसँग १३ रनले पराजित भएको छ। यूएईले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेट गुमाएर रन १०९ रन मात्र बनाउन सक्यो।

नेपालकी कप्तान पूजा महतो अर्धशतक प्रहार गर्न २ रनले चुकिन्। ४३ बल खेलेकी उनले ५ चौकाको सहयोगमा ४८ रनको योगदान गरिन्।

सोनी पाख्रिन र साना प्रविनले समान १९(१९, सावित्री धामीले ६ र अलिसाकुमारी यादवले ३ रन बनाउँदा ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन्।

यसअघि युएईको सेभेन डिस्ट्रिक ग्राउण्ड अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो।

यूएईका लागि रिनिथा रजिथले सर्वाधिक ४८ रनको योगदान गरिन्। लाभानी केनीले २० र इन्दुजा नन्दकुमारले १२ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालकी रिया शर्माले ३, पूजा महतो, करिश्मा गुरुङ र सीमा केसीले समान एक(एक विकेट लिए।

अघिल्ला दुई खेलमा प्रभावशाली जित निकालेको नेपाली टीम आज भने पराजित हुन पुग्यो। नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार जित दर्ता गरेको थियो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ।

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

प्रकाशित मिति : शनिबार, कार्तिक २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij