तिलोत्तमा,
बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आएका संचारकर्मीद्वय सुमन श्रेष्ठ र विकास गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को आज एक कार्यक्रमका बीच लोर्कापण भएको छ । रूपन्देहीका चर्चित संचारकर्मी सुमन श्रेष्ठ र विकास गौतमले ‘उद्घोषण पाठशाला’ बजरमा ल्याएका हुन् ।
वरिष्ठ पत्रकार खिमान्द्र भट्टराईले लोकार्पण कार्यक्रममा बोल्दै पुस्तकमा धेरै कुरा समेटिएको र त्यसलाई पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताउनु भयो ।
अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताउनु भयो।
नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताउनु भयो ।
पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा लेखेको बताउनु भयो । साथै उहाँले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको बताउनु भएको छ ।
यस्तै अर्का लेखक विकास गौतमले पनि २०६५ साल देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताउनु भयो । उहाँले अब आफु संचारकर्ममा केही समय सक्रिय नहुने भएपनि संचार क्षेत्रप्रतिको माया र सद्भाव भने रहिरहने बताउनु भएको थियो।
कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डे पनि सहभागि हुनुभएको थियो। उद्घोषण पाठशालाका लेखक श्रेष्ठ २०६० सालदेखि संचारकर्ममा सक्रिय रहँदै आउनु भएकोछ ।
उनले यो विचमा बुटवलका विभिन्न रेडियोमा काम गर्नुका साथै विभिन्न कार्यक्रमहरुको उद्घोषण तथा प्रशिक्षण समेत दिदैँ आएका छन् । २०६६ सालदेखि संचारकर्म सुरु गरेका विकास गौतम पनि विभिन्न संचारमाध्यमा काम गरेको अनुभव छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्