नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

नारायणगढ–बुटवल सडकको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी

काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काम मङ्सिरभित्र शुरू नभए ठेक्का तोड्नुको विकल्प नरहेको बताउनुभएको छ । राजमार्ग अलपत्र हुँदा लामो समयदेखि यात्रु, चालक र सडक वरपरका स्थानीयवासीले दुःख पाएको विषयमा जानकार रहेको जनाउँदै प्रधानमन्त्री ओलीले सरकारले यो विषयमा चाँडै उचित निर्णय लिने बताउनुभएको हो ।

सडक खण्डमा निर्माणको काम रोकिएको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का सांसद, जनप्रतिनिधि लगायतसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मङ्सिरभित्र काम शुरू नभएमा बाध्यतावश ठेक्का तोड्नुको विकल्प नहुने बताउनुभयो ।

विश्वसनीय रूपमा काम गर्छ भने जिम्मेवारी लिएको निर्माण कम्पनीलाई काम लगाउन उचित हुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काम गर्ने जिम्मा लिएर वर्षौंसम्म आयोजना होल्ड गर्ने प्रवृत्तिबाट बच्नुपर्ने उल्लेख गर्नुभयो । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्ण रूपमा धूलो–मैलोमा बस्नुपरेको र आर्थिक विकासका गतिविधिमा पनि असर परेको भन्दै उहाँले निर्णायक कदम चाल्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।

चाइना स्टेट कम्पनीसँग यो सडक खण्ड २०७९ साल साउन २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ साल चैत ८ गते ठेक्का सम्झौता भएको थियो । झन्डै १७ अर्ब रुपैयाँ लागतको बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको तेस्रो पटक म्याद थप्दा पनि प्रगति भने ५२ प्रतिशत मात्रै रहेको छ । चिनियाँ कम्पनीले अहिले आएर ठेक्का रकमले काम गर्न नसकिने भन्दै थप रकम मागेर काम ठप्प बनाएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij