काठमाडौँ
कर्नाटकविरुद्धकोे दोस्रो एकदिवसीय अभ्यास खेलमा १९ वर्षमुनिको नेपाली टोली विजयी भएको छ। आज भएको खेलमा कर्नाटकलाई ७ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

पहिले ब्याटिङ गर्दै जितका लागि कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले २५ ओभरमा ३ विकेटमात्र गुमाएर सहजै भेट्टायो।
नेपालको जितमा आकाश त्रिपाठीले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रनको योगदान गरे भने मयन यादवले ३२ रन र नरेन भट्टले १४ रन बनाए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पाहुना टोली कर्नाटकले ३८ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२१ रनमात्र बनाउन सक्यो।
कर्नाटकका रिषभले ४० रन तथा ओपनर प्रतीकले ३७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जितसंगै ५ खेलको श्रृखंलामा नेपालले १–१ को बराबरी गरेको छ। पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी भएको थियो।
प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्