लुम्बिनी — एनपीएल (नेपाल प्रिमियर लिग) फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा जर्सी सार्वजनिक गरेको छ ।
लुम्बिनी उपवनस्थित मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ अघि लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको हो । क्लबका मालिक ईश्वर जिसी, लुम्बिनी लायन्सका ब्राण्ड एम्बेस्डर महानायक राजेश हमाल र गायिका आनीछोइङ डोल्माले संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।
‘लुम्बिनी लायन्ससँग आबद्ध हुदा निक्कै खुसी छु,’ कार्यक्रममा बोल्दै महानायक हमालले भने, ‘लुम्बिनीमा जर्सी सार्वजनिक गर्दा उस्तै उत्साहित र गौरवान्वित महसुश गरेको छु ।’ बुद्ध जन्मस्थल लुम्बिनीमा जर्सी सार्वजनिक गर्दा यसको महत्वले जीतको ऊर्जा थप्न प्रेरणा मिलेको बताइन् ।
कार्यक्रममा लुम्बिनी लायन्सका मार्की खेलाडी तथा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल समेत उपस्थित थिए । नेपाल क्रिकेट संघको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा एनपीएल हुँदैछ । अतिथिलाई लुम्बिनी विकास कोषका पदाधिकारी र वरिष्ठ अधिकृतले स्वागत गरेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्