JanataToday.com

Advertisment

SKIP THIS

यू-१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

यू-१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कप खेल्न जाने नेपाली टोलीको आज बिदाइ गर्ने भएको छ।

 

 

दुबईमा शुक्रबार सुरु हुने एसिया कपका लागि नेपालले शनिबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो। टोलीको आज दिउँसो साढे १२ बजे नागपोखरीस्थित एक ब्यांक्वेटमा बिदाइ कार्यक्रम राखिएको क्यानले जनाएको छ।

एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन्।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल मंसिर २३ गते हुने छ।

प्रकाशित मिति : मंगलबार, मंसिर ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij