JanataToday.com

Advertisment

SKIP THIS

क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

बुटवल    नेपाली  क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ । एनपीएल-फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।

सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिन केही घण्टा मात्र बाँकी छ ।

आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी२० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ ।

#उद्घाटन खेलका लागि तयार किंग्स र बोल्ट्स

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुनेछ ।

त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।

विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन्

सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।

उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।

विराटनगरका कप्तान सन्दीपले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘निश्चित रुपमा हामी जितकै लागि खेल्नेछौँ । मैदान उत्रेपछि जसले पनि जित्न नै चाहन्छ ।’

मैदान बाहिर सबै जना राम्रो साथी भएपनि मैदान भित्र राइभलरी हुने र सबैले जितका लागि नै खेल्ने सन्दीपले बताए ।

यस्तै जनकपुरका कप्तान अनिल शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए । ‘हामीले जनकपुर मैदान नभएर काठमाडौंमा‌ आएर मात्र तयारी गर्‍यौं, अभ्यास खेलमा पनि राम्रो भयो, विदेशी खेलाडी आएर टिम‌ पनि राम्रो देखिएको छ।’

आईपीएल देखि विश्वका चर्चित सबै लिग खेलेको अनुभव रहेको सन्दीपले एनपीएलका लागि सबै जना उत्सहित रहेको र आफ्नै लिग खेल्ने सपना पूरा भएको बताए । ‘अरु लिग खेलिरहँदा आफ्नै लिग होस् भन्ने चाहना थियो, त्यो पूरा भएको छ । आगामी ३-४ वर्षमा एनपीएल कस्तो हुन्छ त्यसले पूरा नतिजा देखाउने छ ।‌ सपना पूरा भएको जस्तो लागेको छ’ उनले भने ।

यसैगरी जनकपुरका कप्तान अनिलले अहिले एनपीएलले माहोलले सबैलाई उत्सहित बनाएको बताए । ‘एनपीएलको हाइपले गर्दा उत्साहित छौं।’

यसैगरी अनिलले मार्की खेलाडी नै कप्तान हुनुपर्ने जरुरी नरहेको र आसिफसँग सल्लाहमै कप्तानको निर्णय भएको बताए । ‘म घरेलु खेलाडीसँग धेरै कुरा गर्ने भएर मलाई दिनुभएको होला, आसिफसँगको सहकार्यमा नै टिमको निर्णयहरु गरिने छ । मार्की नै कप्तान हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण होइन । कप्तान जो भए पनि त्यस्तो केही फरक पर्दैन ।’

अनिलले पहिलो पटक फ्रेन्चाइज लिगको कप्तानी गर्दैछन् । उनले इपीएल, डीपीएल र पीपीएल खेलिसकेका छन् । राष्ट्रिय टिममा पछिल्ला खेलमा आसिफ र अनिलले ओपनिङ गरेका थिए । जनकपुरमा पनि यहि जोडीले ओपनिङ गर्नेछन् ।

संयोगवस दुवै खेलाडी मधेश कप्रदेशका हुन् र आफ्नै क्षेत्रलाई प्रतिनिधित्व गरेर खेल्न पाउँदा खुशी छन् ।

सन् २०२२ मा भएको नेपाल टी२० का विजेता लुम्बिनी अल स्टार्सकै व्यवसथ्पनले जनकपुर बोल्ट्सको टिम लिएकोले लुम्बिनी अल स्टार्सको लेगेसी कायम राख्ने लक्ष्यमा छन् ।

त्यस बेला अनिल सहित अल स्टार्सबाट खेलेका ललित राजवंशी र किशोर महतो अनी विदेशी लाहिर अहिले पनि जनकपुरमा सँगै छन् । यस बाहेक जनकपुरमा यू१९ टिमका कप्तान हेमन्त धामी र आकाश त्रिपाठी छन् ।दुवै खेलाडी अहिले यू१९ एसिया कप खेल्ने युएईमा छन् ।

किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् ।

दुवै टोद्यीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ । विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ ।

यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् । निसम र ट्रोम्प बाहेक बाँकी चार खेलाडी नेपाल आइसकेका छन् र पहिलो खेलमा स्पीन अलराउण्डर मोहसिन, टप अर्डर ब्याटर लाहिरु तथा अलराउण्डरद्वय बेन र थाकेर खेल्नेछन् ।

एनपीएलमा हरेक टिमले चार खेलाडी पहिलो रोजाईँमा खेलाउनुपर्नेछ । टिममा भने ६ जना सम्म विदेशी खेलाडी राख्न पाउनेछ । नाम चलेका स्टार विदेशी खेलाडीहरु आउँदा नेपालका युवा खेलाडीहरुका लागि सिक्ने अवसर हुनेछ ।

विराटनगरमा राष्ट्रिय टिमका सन्दीप सहित राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम प्रतिश जिसी र बसिर अहमद जस्ता खेलाडी छन् । यस्तै २०१४ को विश्वकप खेलेका जितेन्द्र मुखिया पनि छन् ।

किग्स र बोल्ट्स दुवैमा टप अर्डर स्पीन अट्याक राम्रो देखिएको छ । जनकपुरमा नेपाली ओपनिङ जोडी अनिल र आसिफ छन् । यस्तै लहिरु मिलान्थ मुख्य ब्याटरको रुपमा छन् । तीनै जनाले ओपनिङ र टप अर्डरमा खेल्ने अनी विकेटकिपर समेत हुन् ।

त्यसपछि भने मध्यक्रममा जनकपुरको भर विरेशी खेलाडीमा हुनेछ । पहिलो खेलमा निसम उपलब्ध हुने छैनन् । अमजन बोल्ट्सबाट टि२० लिग खेलिरहेका निसम उता खेल छाडेर एनपीएलका लागि नेपाल आउँदैछन् । पहिलो खेलमा जनकपुरका विदेशी खेलाडीमा लाहिरु मिलान्थासँगै अलराउण्डरहरु मोहसिन, बेन माइक र थाकेरले खेल्नेछन् ।

यस्तै विराटनगरमा मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास र नेपालकै लोकेश बम छन् ।

स्पीनतर्फ विराटनगरमा कप्तान सन्दीप लामिछाने सहित स्पीन अलराउण्डर बसिर अहमद, युवा स्पीनरद्वय सुवास भण्डारी र अनिल खरेल छन् । पेस बलिङका स्कटिस क्रिस सोलसहित नेपालका प्रतिशत जिसी र जितेन्द्र मुखिया छन् ।

यसैगरी जनपुरमा ललित राजंवक्कीको नेतृत्वमा रहेको स्पीन अट्याकमा मोहसिन र शेर मल्लको साथ हुनेछ । पेस बलिङमा अष्ट्रेलियाबाट आएका किशोर महतो छन् । उनलाई बलिङ अलराउण्डर बेन माइक र हर्श थाकेरले साथ दिनेछन् ।

पुबुदु भर्सेस केभिन ओ’ब्रायन

मैदान भित्र खेलाडीहरुको प्रतिस्पर्धा हुँदा मैदान बाहिर पनि जितका लागि रणनीतित बनाउने पुबुद दासानायके भर्सेस केभिन ओ’ब्रायन हेर्न लायक हुनेछ ।

पुबुदु नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक हुन् । उनलाई नेपाली खेलाडी र यहाको क्रिकेटबारे राम्रो ज्ञान छ । केही समयअघि नेपालले अमेरिकामा लिग टु खेल्दा पुबुद नेपाली टिमको मेन्टर थिए । त्यसबेला आसिफ र अनिलसँगै ललित पनि टिममा थिए । त्यसले गर्दा पनि जनकपुर टिमलाई सहज हुनेछ ।

उता विराटनगरका मुख्य प्रशिक्षक केभिन ओ’ब्रायनले यसअघि नेपालमा फ्रेन्चाइज लिग इपीएपल खेलेका थिए । उनी पहिलो पटक प्रशिक्षकको भूमिकामा फ्रेन्चाइज टिम हेर्न नेपालमा आएका हुन् ।

यसअघि केभिन ओ’ब्रायनले सन् २०२१ मा काठमाडौं किंग्स ११ बाट यपीएल खेलेका थिए । केभिन ओ’ब्रायन प्रशिक्षक अनी र सन्दीपको कप्तानीमा विराटनगरले कस्तो खेल्ला हेर्न लायक हुनेछ । अझ यसमा विश्वकै स्टार मराटिन गप्टिल जस्ता खेलाडी समावेश हुँदा विराटनगरको टिम सन्तुलित देखिन्छ ।

प्रकाशित मिति : शनिबार, मंसिर १५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij