हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्छाैँ : कास्की प्रहरी

हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्छाैँ : कास्की प्रहरी

 

काठमाण्डाै – कास्की प्रहरीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई कडा कारबाही गर्ने जनाएको छ  आज विज्ञप्ति निकाल्दै जिल्ला प्रहरी कार्यालय कास्कीले डाक्टर निकोलस भुसालको फेसबुकबाट लामिछानेकाे तस्वीर सार्वजनिक भएको र यसले अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने भएकाले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराधसम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लङ्घन गरी अनधिकृत रूपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीको अनुरोध छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : बिहिबार, पुष ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij