भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुराको गोत्रीमा १ सय २३ वटा घरमा क्षति

काठमाण्डौ – बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –४ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु रहेको वडा ५ गोत्रीमा पूर्ण तथा आंशिक गरी एक सय २३ वटा घरमा क्षति पुगेको वडाध्यक्ष गौरी सार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष सार्कीको संयोजकत्वमा वडाको बैठक बसेर विवरण सङ्कलन गरिएको थियो ।

क्षति पुगेका घरको सङ्कलन भएको विवरण सम्बन्धित निकायमा पठाउने निर्णयसमेत भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले झन्डै डेढ सय घरमा क्षति पुर्‍याएकाे र तीमध्ये केन्द्रबिन्दु रहेको वडामा क्षति भएका घरको सङ्ख्या एक सय २३ रहेको बताउनुभयो ।

बस्नै नमिल्ने घरका मानिसलाई सामान्य क्षति भएका घरमा बस्ने व्यवस्था मिलाउन गाउँपालिका र वडाध्यक्षलाई अनुरोध गरिएको उहाँको भनाइ छ । प्रभावित नागरिकलाई आवश्यक पाल, त्रिपाल तथा अन्य आवश्यक राहत र सहयोग पुर्‍याउने काम शुरु भएकाे छ । देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला प्राविको चार कोठे भवन पनि भूकम्पबाट जोखिममा परेका छन् ।

प्रकाशित मिति : आइतबार, पुष ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij