दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २८ जनाको ज्यान गयो

दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २८ जनाको ज्यान गयो

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा एक सय ८१ जना रहेकोमा २८ जनाको शव निकालेको बीबीसीले जनाएको छ ।

एक सय ७५ जना यात्रु र छ जना चालक दल बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । अवतरण गर्ने क्रममा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

चरासँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक विवरण आएको तर थप अनुसन्धान भइरहेको दक्षिण कोरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, पुष १४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij