पार्टीलाई बलियो बनाउन एकता आवश्यक :अब्दुल रज्जाक

पार्टीलाई बलियो बनाउन एकता आवश्यक :अब्दुल रज्जाक

बुटवल
नेपाली काँग्रेका केन्द्रीय सदस्य अब्दुल रज्जाकले पार्टीलाई बलियो बनाउन कार्यकर्ताबिचमा एकता आवश्यक रहेको बताउनु भएको छ ।
पार्टि सदस्यबीचमा बिमेल हुँदा सिंगो पार्टीमै समस्या आउने उल्लेख गर्दै एकतामै जोड दिन पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । काँग्रेस तिलोत्तमा वडानम्बर १६ मा भएको क्रियाशिल सदस्य नविकरण तथा वडा सम्मेलनको उद्घाटन गर्दै रुपन्देहीका पुर्व सभापति समेत रहनु भएका रज्जाकले आउने ८४ को निर्वाचनमा पहिलो पार्टीलाई पहिलो शक्तिका रुपमा स्थापित बनाउने गरि लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रुपन्देही सभापति तथा तिलोत्तमाका मेयर रामकृष्ण खाँणले प्रजातन्त्रको रक्षाकालागि गुठको राजनीति त्याग्नु पर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको विकासको बागडोर कांग्रेसले मात्र सम्हाल्ने भएकाले पार्टीलाई बलियो बनाउने तर्फ लाग्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा क्षेत्रीय सभापति तथा देवदहका पुर्व मेयर हिराबहादुर खत्रीले सदस्यहरुको क्रियाशिलताले पार्टीलाई मजबुद बनाउने हुँदा नविकरण र सदस्यतावृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले पार्टिलाई चलायमान, गतिशील, आकर्षक र थप प्रभावकारी बनाउन सबैको भुमिका महत्वपुर्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।
तिलोत्तमा १६ काँग्रेसका वडा सभापति तथा वडाध्यक्ष झवी भुसालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा एमालेका संक्रिय सदस्य भुवन नेपाललगायत ३० जना एमाले परित्याग गरी काँग्रेसमा प्रवेश गरेको क्षेत्रीय सभापति खत्रीले जानकारी दिनुभयो । पार्टी प्रवेशपछि आफ्ना धारणा राख्दै नेपालले काँग्रेस ठुलो गौरव बोकेको पार्टी भएकाले यसको प्रवेशले आफुलाई खुशी मिलेको उल्लेख गर्दै काँग्रेसको गौरव बढाउनकालागि निर्णायक भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति : शनिबार, पुष २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij