JanataToday.com

Advertisment

SKIP THIS

मदन भण्डारी गोल्डकप पुरुष भलिबल च्याम्पियनसिप–२०८१को उपाधि त्रिभुवन आर्मीलाई

मदन भण्डारी गोल्डकप पुरुष भलिबल च्याम्पियनसिप–२०८१को उपाधि त्रिभुवन आर्मीलाई

बुटवल-त्रिभुवन आर्मी क्लबले बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ। अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । आर्मीले जीतसँगै नगद ७ लाख रुपैयाँ शील्ड र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो रनरअपमा चित्त बुझाएको छ । पुलिसले ३ लाख ५० हजार रुपैयाँ नगदसहित शील्ड प्राप्त गरेको छ । प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तृतीय भएको छ । भारतीय गुजरात स्टेट भलिबल क्लबले डिफल्ट गरेपछि मणिमुकुन्द तृतीय स्थान पाएको हो । तृतीय भएसँगै मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ नगद र मेडल प्राप्त गरेको छ । यसैगरी प्रतियोगितामा भारतीय गुजरात स्टेट भलिबल क्लबले १ लाख रुपैयाँ नगदसहितको सान्त्वना पुरस्कार प्राप्त गरेको छ । त्रिभुवन आर्मीका दानबहादुर भट्ट क्षेत्री उत्कृष्ठ खेलाडी बने । उनले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । बेष्ट कोच त्रिभुवन आर्मीका लोकबहादुर बुढा बेष्ट लिबेरो त्रिभुवन आर्मीकै इश्वर थापा र बेष्ट सेटर समेत त्रिभुवन आर्मीकै दुर्गाप्रसाद महतो भए । यस्तै नेपाल पुलिस क्लबबाट बेष्ट आउट साइडर सन्जु विक्रम शाह, बेष्ट अपोजिट प्लेयर रविन चन्द र बेष्ट मिडल बलर रविन नगरकोटी भए । मदन भण्डारी स्पोटर्स एकेडेमीले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप आयोजना गरेको थियो । पुस १७ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतसहित ८ टिमको सहभागिता थियो ।

प्रकाशित मिति : बिहिबार, पुष २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij