तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो, भोलि मौसम बदलीको सम्भावना

तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो, भोलि मौसम बदलीको सम्भावना

काठमाडौं , तराईका धेरै ठाउँमा अहिले हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै क्षेत्रमा बाक्लो हुस्सु र काठमाण्डौमा हल्का हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा तथा तराईका केही ठाउँमा दिउँसो हुस्सु हट्ने तर तराईका मध्य क्षेत्रमा लागेको हुस्सु दिउँसोसम्म रहने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकोले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भई उच्च पहाडी तथा हिमाली भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । बाँकी भागमा आज मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

भोलि बिहीवार भने पश्चिमी क्षेत्रबाट मौसम बदली भई धेरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

प्रकाशित मिति : बुधबार, माघ ९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij