इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ

काठमाण्डाै – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–२ घर भई काठमाण्डौको टोखा नगरपालिका–३ बस्ने विनौद पौडेल पक्राउ परेका नेपाल प्रहरीले जनाएको छ । एनसीबी अबु मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका पौडेललाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनका लागि नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि ‘नेशनल सेन्ट्रल ब्युरो’ (एनसीबी) काठमाण्डौको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गएको पुस १२ गते रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटेका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, माघ १० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij