JanataToday.com

Advertisment

SKIP THIS

अस्पतालले निशुल्क होईन कम शुल्क लिएर गुणस्तरीय सेवा दिनुस : समाजीक बिकास मन्त्री वराल

अस्पतालले निशुल्क होईन कम शुल्क लिएर गुणस्तरीय सेवा दिनुस : समाजीक बिकास मन्त्री वराल

रुपन्देही । प्रदेश ५का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले अस्पतालले निशुल्कमात्र होईन कम शुल्क लिएर भएपनि गुणस्तरीय सेवा दिनुपर्ने वताए।

सस्तो लोकपृर्यताको लागी निशुल्क भन्ने तर त्यो सेवाको अर्थ भएपछि के को निशुल्क भनेर प्रचार गर्ने अस्पतालले निशुल्क होईन कमशुल्कमा राम्रो सेवा दिनुपर्ने वताएका हुन ।

प्रदेश स्तरीय अस्पतालको चौमासिक समिक्षा गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्यनिर्देशनालय देखी सबै क्षेत्रमा कर्मचारी अभाब रहेको बताए ।‘मलाई यसबारे राम्रो जानकारी छ सबैका गुनासा सुनेको छु तर उपाय नै नभएपछि के गर्ने ’– मन्त्री बरालले भने ।

संघियस्वास्थ्य मन्त्रालयले प्रदेशमा स्वास्थ्यलाई हस्तान्तण गर्दा दशौतहसम्म जिम्मा दिने बताएपनि अहिले त्यो नभएको बताएका छन।कर्मचारी समायोजन पछि कर्मचारीको समस्या समाधान हुने बताउदै मन्त्री बरालले यो बर्ष नयाँ भएकोले केही समस्या भएको हुन सक्छ तर अर्काे बर्षदेखी समस्या नहुने बताए । अर्काेबर्षदेखी औषधी बजेट जनशक्ती अभाब नहुने समाजिक बिकास मन्त्रालय लागेको बताए ।

गोष्ठीमा समाजीक बिकास मन्त्रालयका सचिब कृष्ण प्रसाद ज्ञाबलीले जनशक्तीको अभाबले काममा समस्या भएको वताए । सचिब ज्ञवालीले भने संघमा चाहिने कर्मचारी प्रदेशमा छन प्रदेशमा चाहिने कर्मचारी संघमा छन । यस्तो अबस्थामा कामगर्न समस्या भएको बताए ।कर्मचारीअभाबमा मन्त्रालयले चाहेजस्तो काम गर्न नसकेको बताए ।

ज्ञवालीले थोरै भएपनि श्रोत र साधन प्रयोय गरेर देखीने कामगर्नुपर्ने वताउदै प्रदेशमा रहेका अस्पतालसंग बिबरणमाग गर्दा कर्मचारी अभाब भनेर मागेको रिपोट दिन समस्या मान्ने अस्पतालले बिरामीलाई कस्तो सेवा दिएका होलान उनले प्रश्न गरे ।

सामाजीक बिकास मन्त्रालय स्वास्थ्यमहाशाखा प्रमुख डा उमाशंकर चौधरीले एकल प्रयासबाट केहि सम्भब नभएकोले समुहिक प्रयासले नै भएको समस्या समाधान गर्न सकिने बताए ।उनले औषधी बजेट लगायतका बिषयमा जानकारी गराएका थिए ।

स्वास्थ्य निर्देशनालय प्रदेश नं ५का प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक दिनेश कुमार चापागाईले बजेट भएपनि खर्चगर्न समस्या भएको बताएका छन । कर्मचारी अभाबको कारण भनेको बेला केहि गर्न नसकिएको उनको भनाई छ।

तर पनि आफुहरुले कामलाई सकेसम्म लागिपरेको बताए ।अस्पतालमा सेवा दिदा के आबश्यक यो निर्देशनालयलाई जानकारी दिए आगामी बर्षको कार्यक्रम बनाउन सहज हुने बताए । गोष्ठिमा प्रदेश ५ प्रदेशअन्र्तगत रहेका अस्पतालका प्रमुख हरुको सहभागि रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij