बुटवल = प्रेस चौतारी नेपाल, रुपन्देहीको २६ औँ साधारण सभा तथा ८ औँ अधिवेशन महिला नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सोमबार बुटवलमा भएको साधारण सभा तथा अधिवेशनले भगवती पाण्डेको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित पाण्डेले सङ्गठनमा यसअघि उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
त्यस्तै अधिवेशनले रुपन्देही जिल्ला उपाध्यक्षमा केशव भण्डारी, महिला उपाध्यक्षमा वसन्ती आचार्य छायाँ ०, सचिवमा विष्णु घिमिरे, खुल्ला सह–सचिवमा प्रतीक पौडेल, समावेशी सह–सचिवमा सत्यनारायण मानन्धर तथा कोषाध्यक्षमा एलिना आचार्यलाई चयन गरेको छ ।
त्यस्तै गरी नयाँ कार्यसमितिका सदस्यहरूमा प्रतिमा गौतम, रमेश पराजुली, दिनेश घिमिरे, सुशीला पोखरेल, अस्मिता अधिकारी, पोषकान्त पोखरेल, दिनेश लोध, जयप्रकाश राय, रोहित ढकाल, महेश घिमिरे ९केदार०, प्रेरणा केसी, इन्द्रबहादुर खत्री, विष्णु भट्टराई, भुवन आचार्य, हरिलाल बस्याल तथा शिशिर पाण्डे रहेका छन् ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा भरत केसी, दिनेश पाण्डे, रामप्रसाद आचार्य, नरेश केसी, लक्ष्मण पौडेल, निरु गौतम र अर्जुन श्रेष्ठ लाई चयन गरेको छ भने प्रदेश परिषद् सदस्यमा वी।पी। गौतम, रबिन्द्र प्रताप गुप्ता, राजकुमार धवल, दीपक न्यौपाने, मन बहादुर क्षेत्री ९मनोज०, सुमित्रा चापागाईँ तथा प्रकाश आचार्यलाई चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले सङ्गठनले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गरेकोमा प्रेस चौतारीको टिमप्रति निकै आभारी रहेको बताइन । उनले सङ्गठनले सुम्पेको जिम्मेवारीलाई हर तरहले निभाउने र सबैलाई साथमा लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रकाशित मिति : मंगलबार, माघ २९ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्