अनुपम अभियान ; महिला नै पहिला’

अनुपम अभियान ; महिला नै पहिला’

बुटवल, अन्तर–पुस्ता महिलावादी मञ्चको नेतृत्व तथा अनुपम अभियान अन्तर्गत आइतबार रुपन्देहीको बुटवलमा पञ्चेबाजासहित र्‍याली निकालिएको छ । बुटवलको पुष्पलाल पार्कबाट सुरु भएको र्‍याली ट्राफिकचोक हुँदै पुनः पुष्पलाल पार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने आवाज उठाउँदै महिलाले देशव्यापी रुपमा यो अभियान चलिरहेको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह, सैनामैना, सिद्धार्थनगर नगरपालिका र अन्य पालिकाबाट सहभागी महिलाहरुले राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन, महिलावादीको आड माया करुणा र साहस, परिवर्तनको समय, महिलालाई नेतृत्व दिनुहोस्, प्रधानमन्त्री महिला, हुनपर्छ पहिला जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु गरिएको अन्तरपुस्ता महिलावादी मञ्च सदस्य तथा अभियानकर्मी ज्ञानु पौड्यालले बताइन् । महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानूनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागीतालाई पाखा लगाउने काम भएको भन्दै महिला पहिला भए मात्रै महिला नेतृत्व सफल हुने पौड्यालको भनाइ छ ।
कोणसभालाई सम्बोधन गर्दै अन्तरपार्टी महिला संजालका संयोजक पम्फा खनालले महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य रहेको बताइन् । घर सम्हालेका महिलाले देश सम्हाल्न सक्छन् भन्ने उदाहरण पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भएको बताउँदै अब प्रधानमन्त्री महिला हुनुपर्ने उनले बताइन् ।

रुपन्देहीमा रहेको सिर्जनशील संस्था नेपाल सिन को समन्वयमा भएको र्‍यालीमा रुपन्देहीका दर्जन भन्दा बढी संघ–संस्थाका ३ सय भन्दा बढी महिलाको सहभागीता रहेको अभियानकर्ता प्रतिमा पन्थीले जानकारी दिइन् ।
आगामी निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ताहरु बताउँछन् । गत स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका थिए । यो संख्या भनेको कुल निर्वाचित संख्याको ३ दशमलब ३२ प्रतिशत मात्रै हो । त्यसै गरी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ २२५ जना महिला निर्वाचन मैदानमा भए पनि ९ जना मात्रै निर्वाचित भएका थिए । २०८० सालदेखि सुरु भएको अनुपम यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : सोमबार, फाल्गुन १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij