घट्यो डिजल र मट्टीतेलको मूल्य

घट्यो डिजल र मट्टीतेलको मूल्य

काठमाडौँ , नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ ।

शुक्रबार बसेको निगम संचालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मुल्य अनुसार डिजलरमट्टीतेलमा प्रतिलिटर ०।९ रुपैयाँ घटेर आएसँगै मूल्य समायोजन गरेको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु। ०।५० र प्रति सिलिण्डर एल। पि। ग्यास रु। ६।२७ ले बढेर आएको तथा प्रति लिटर डिजेलमा रु। ०।९० र हवाई इन्धनमा रु। ०।४२ ले घटेर आएको निगमले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगम सञ्चालक समितिको निर्णय बमोजिम भोलि बिहान १ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु। १।०० ले घटाईएको तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाकालागि ब्रेक इभन पोवाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । निगमका अनुसार एल। पि। ग्यासको मूल्य हाललाई यथावत् राखिएको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १६ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij