हत्या आरोपमा एकजना पक्राउ

हत्या आरोपमा एकजना पक्राउ

तिलोत्तमा,रुपन्देही प्रहरीले लागुपर्दाथ सेवन गरी झै झगडा गरेर ढुंगाले हानी हत्या गर्ने अमिरीका थारु भनिने अजय थारुलाई पक्राउ गरेको छ । प्रहरी नायव उपरिक्षकको कमाण्डमा खटिएको स्निफिंग डग सहितको अनुसन्धान टोलीले गरेको अनुसन्धानका आधारमा तिलोत्तमा नगरपालिका वडा नं १२ बस्ने ४२ बर्षीय अमिरीका थारुलाई पक्राउ गरेको हो । ज्याला मजदुरीको काम गर्ने लमही नगरपालिका वडा नं ७ की ४० बर्षीय संगिता थारु र संगै काम गर्ने अमिरीका थारु बिच मादक पर्दाथ सेवन गरी भै झगडा हुँदा अमिरीका थारुले ढुगाँले हानेर मारेको अनुसन्धानका क्रममा बताएका प्रहरीले जनाएको छ ।

पक्राउ परेका थारुको साथबाट हत्याको समयमा लगाएको कपडा तथा मृतक संगिता थारुले चलाउने निलम लेखिएको साइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई जिल्ला अदालत रुपन्देही बाट ८ दिनको म्याद थप गरि अनुसन्धान कार्य भैरहेको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी गराए ।

बुटवल कालिका नगर बस्दै आएकी संगिता चौधरी थारुको शव फागुन आठ गते सियारी गाउँपालिका २ मा परालले छोपेको अवस्थामा प्रहरीले भेटाएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij