अर्घाखाँची, अर्घाखाँचीमा नदीको पोखरीमा डुबेर दुई युवकको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको पोखरीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली छन् ।
पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत जानकारी दिए।
प्रकाशित मिति : आइतबार, चैत्र १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्