नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका १ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट ४ महिने शिशुको मृत्यु भएको छ । बाबु २१ वर्षीय दीपेन्द्र परियार र आमा ३५ वर्षीया कमला परियारले गएराती मादक पदार्थ सेवन गरी आफ्ना चार महिनाका छोरालाई लछारपछार गर्दा शिशु गम्भीर घाइते भएका थिए ।
घाइते शिशुलाई तत्कालै हजुरबुबाले स्थानीयको सहयोगमा पाल्पाको रामपुर अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।
डिएसपी नेपालका अनुसार मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेका थिए । अहिले शिशुको हत्या अभियोगमा बाबु दीपेन्द्र र आमा कमलालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्