ममता मानवता र महानताकी प्रतीक आमा र माता तीर्थ औशी को दिन

ममता मानवता र महानताकी प्रतीक आमा र माता तीर्थ औशी को दिन

आमा भगवान हुन् हाम्रो शास्त्रले भन्छ, आमा देवी हुन् हाम्रो संस्कारले भन्छ, आमा गुरु हुन् हाम्रो विज्ञानले भन्छ, आमा ममता हुन आमा साथी हुन आमा धर्ती हुन आमा जन्मदाता हुन हाम्रो आधुनिक दर्शनले भन्छ, त्यसैले त आमा आमा नै हुन जगतले भन्छ”

सनातन संस्कृतिमा आमा जननी हुन् आमा सबै हुन आमाबिना न त सृष्टि चल्दछ न त प्रकृति त्यसैले आमा प्रकृति हुन्, सृष्टि हुन, सबै सबै हुन आज माता तीर्थ औंशी वैशाख कृष्णपक्ष औंशी यो तिथिलाई माता तीर्थ औंशीको रूपमा वैदिक सनातन हिन्दु समाजले मान्दै आएको छ ।

जगत जननी आमा (माता) वास्तवमा सबैभन्दा प्रिय छन । सबैभन्दा सम्मानित छन अनि सबैभन्दा पूजनीय छिन । अनादिकालदेखि संस्कृति परम्परा प्रकृति र रितको पूजा र श्रद्धा गर्दै मानव सभ्यताकै नेतृत्व गरेको हिन्दू समाज र हिन्दू सभ्यताले आमालाई सर्व स्वीकार्य देविका रुपमा चित्रण गरेको छ ।

संकटमा पनि आमा सफलतामा पनि आमा आमा यत्रतत्र सर्वत्र हाम्रो भावनामा मनमा तनमा हरेक तन्तु तन्तुमा कोष र कोशिकामा आमाको अंश छ ।

त्यसैले त आमा सर्वपरी सर्वव्यापी छन । ममतामा छन मानवतामा छन महानतामा छन । “त्यसैले त पुजिन्छिन आमा” । आमा सबचिज हुन् आमा ममता हुन् आमा संस्कार हुन् आमा शालिनताकी प्रतिक हुन पलपल क्षण क्षण आमा पुजिन्छिन । माता तीर्थ औंशी आमाको सम्मानको विशेष दिन त्यसो त आमाको लागि विशेष दिनका रुपमा हाम्रो संस्कृति र समाजले स्वीकारेको छ ।

वैदिक शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थान दिइएको छ । यसरी श्रद्धाभक्ति सम्मान र आधार गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिइ छोराछोरीहरुले आमाबाट आशिर्वाद लिने पर्वका रुपमा माता तीर्थ औंसीलाई मनाउने चलन हाम्रो समाजमा रहिआएको छ ।

आमाप्रति विशेष श्रद्धा भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भन्ने गरिन्छ । यस विशेष दिनलाई माता तीर्थ औंशी मातृ औंशी एवं मातृत्व दिवस पनि भन्ने गरिन्छ जीवित आमाहरुलाई सेवा गर्ने र परमधाम भएका आमाहरुलाई श्रद्धागरी मनाइने भएकाले पनि माता तीर्थ औसीको महत्त्व र महिमा विश्वभर फैलिदै गएको छ ।

प्राचीन किम्वदन्तीअनुसार माता तीर्थ धाम यो दिनको लागि विशेष धामका रुपमा लिइएको छ। देवलोक पृथ्वीलोक पितृलोक तिनै लोकमा जोड्ने भावनात्मक सेतुका रुपमा माता तीर्थ औसीलाई लिन सकिन्छ माता तीर्थ औसीमा काठमाडौँको थानकोट नजिक रहेको माता तीर्थधाममा धुमधामका साथ मेला लाग्ने प्रचलन रहिआएको छ।

किम्बदन्ती अनुसार एक दिन गाई चराउन गएको गोठालोले आफूसित लगेको रोटी जब पोखरीको किनारमा बसी खान खोज्दा जतिपल्ट रोटी निकालेर खान खोज्यो उतिपल्ट उसको सबै रोटी तलाउमा झरे। अनि ऊ आफै तलाउमा हाम फालेर हेर्छ त उसकी स्वर्गवासी आमा उसको रोटी जति सबै हातमा लिएर बसेको देखेर गोठालाले आफ्नो आमालाई घर जान कर गर्‍यो र घर लान जबरजस्ती गर्न थाल्यो ।

आमा मानिनन गोठालोले पनि जिद्दी कस्यो आमालाई घर लगि छाड्छु भनेर अनि आमाले केही सिप नलागेपछि प्रत्येक वर्ष आजकै दिन आफू यही पोखरीमा आउने र दर्शन दिने बताएपछि गोठालो घर फर्कियो अनि गाउँभरिका मान्छेहरु प्रत्येक वर्ष उक्त तलाउमा जाँदै आफ्नी स्वर्गवासी आमाको दर्शन गर्न थालेको र त्यही दिनलाई माता तिर्थ औसीको रुपमा मनाउन थालेको हाम्रो सामाजिक मान्यता छ ।

कालन्तरमा एक वर्ष एउटी नारी धेरै समयसम्म पर्खँदा पनि आमाले दर्शन नदिएर उक्त तलाउमै हाम फालेर मरेको र त्यस वर्षबाट आमाको तस्बिर तलाउमा देखिन छाडेको किम्बदन्ती छ ।आज पनि आमा नभएकाहरु उक्त तलाउमा माता तीर्थ औसीको दिन नुहाउछन् जसलाई माता तिर्थ कुण्ड भनिन्छ ।

माता तीर्थकुण्डसँग जोडिएको यो पर्व साँच्चिकै माताहरूको सम्मान र सेवाको लागि आधुनिक समाजलाई प्रेरणा दिने पर्वका रुपमा लिइन्छ पर्व आमा र मातृत्वप्रतिको कर्तव्य सम्मान र श्रद्धा बोध गराउने मात्र होइन आमा र सन्तानबीचको अलौकिक र प्राकृतिक सम्बन्धको पर्वका रुपमा पनि स्थापित भएको छ । आधुनिक समाजमा बढेको कुरुती कुसंस्कारको अन्त्यका लागि पनि यी पर्वहरु महत्वपूर्ण छन् ।

सनातन संस्कृति सभ्यता र ग्रन्थहरूमा आमालाई त्रिलोककै सबैभन्दा ठुली देवीका रूपमा चित्रण गरियकोको छ। आमा हाम्रो जननी मात्र होइनन संस्कार संस्कृति गुरु वैद्य र देवी पनि हुन् त्यसैले हाम्रो पूर्वीय दर्शनले आमालाई उच्च सम्मान गर्नु आफ्नो प्रमुख धर्मको रुपमा लिएको छ ।

आमा वास्तवमा धर्ती हुन जोसँग आफ्नो सन्तान र परिवारको पीडा दुःख सुख गुनासो आक्रोश आशा सबै कुरा ग्रहण गर्ने क्षमता हुन्छ । परिवारको न्यानोको लागि आमा आफै जल्न सक्छिन्।
परिवारको खुसीको लागि आमाले आफैलाई पगाल्न सक्छिन त्यसैले त आमा घर र परिवारको प्रतिबिम्ब हुन ।

आमाकै ममताको संसारमा सबै परिवार रमाइरहेको हुन्छ। आमा परिवारलाई एउटा सुत्रमा बाँधेर राख्न सक्ने शक्ति हुन ।आमा परिवारको दिशानिर्देशक हुन । आमाको उपस्थिति परिवारको सम्भावित विखण्डनबाट बचाउन सक्ने भूमिका बन्न सक्छ जहाँ आमा हुन्छिन् त्यहाँ आस्था विश्वास प्रेम र भरोसा हुन्छ।

जहाँ आमा हुन्छिन् त्यहाँ परम्परा सम्बन्ध र ममता मिठासपूर्ण भइरहन्छ त्यसैले सफलतामा दुःखमा सुखमा सबैमा साथ नछोड्ने सम्बन्ध आमा हुन्।

आमा न्यायमूर्ति पनि हुन् पारिवारिक विचलन सन्तानहरुको द्वन्द र रिसरागलाई निमिट्याम्म पारेर मधुरता मिठासता र एकता बनाउन सक्ने क्षमता आमामा मात्रै हुन्छ। हामी सनातनीहरूकै आस्था विश्वास आदर्श भरोशा संसारभरका ममतामयी माताहरूप्रति सेवा ढोग गर्दै माता तिर्थ औसीको सम्पूर्ण आमाहरुलाई शुभकामना ।।

प्रकाशित मिति : आइतबार, बैशाख १४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij