काठमाण्डौ , पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाकोसमेत प्रभावका कारण हिजोदेखि प्रिमनसुन फेरि सक्रिय भएको हो । यसको प्रभाव भोलिसम्म रहने र पानी पर्ने मौसमविदले बताएका छन् ।
प्रकाशित मिति : सोमबार, बैशाख १५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्