काठमाडौं- अचानक स्वास्थ्य स्थिति बिग्रिएपछि पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन्।
उनलाई शुक्रबार साँझ मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले देशसञ्चारलाई जानकारी दिए। सिटौलाको शरिरमा हेमोग्लोबिनको मात्रा कमी भएको छ।
उनलाई रगत दिइराखिएको र स्वास्थ्य स्थितिमा सुधार हुँदै गएको स्वकीय सचिव सिटौलाले जानकारी दिए। मुटुरोगका बिरामी सिटौलाको यसअघि नर्भिक अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको थियो।
प्रकाशित मिति : शुक्रबार, चैत्र ८ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्