भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरूको जोड

भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा सांसदहरूको जोड

प्रतिनिधिसभा बैठक काठमाडौँ, ३ चैतः नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठक । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाण्डाै – प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

 

सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले नेपालमा पर्ने प्रभावहरूका बारेमा समयमै छलफल अघि बढाउन सरकारसँग अनुरोध गर्नुभयो । यस्तै सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल असंलग्न राष्ट्रका रूपमा रहँदै आएको तर आतङ्कवादको सम्बन्धमा नेपालले आफ्नो प्रष्टता हुन आवश्यक रहेको बताउनुभयो ।

 

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका एनपी साउदले पनि यो विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताउनुभयो । उहाँले केही दिनअघि पाकिस्तानी सैनिकले नेपाल भ्रमण गरेको विषयमा समेत उचित नरहेको बताउनुभयो । छिमेकमा भएको घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलकाे नेपाल भ्रमण भएको उहाँको भनाइ छ ।

 

सांसद अमरेशकुमार सिंहले पनि पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलकाे नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताउनुभयो । सरकारले भने गएराति शुरू भएको भारत–पाकिस्तान युद्धबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

 

गएको अप्रिल २२ तारिखमा भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव बढेकोमा गएराति गोलाबारी नै शुरू भएको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij