काठमाडौं , नेपाल आईसीसी महिला ट्वान्टी २० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइन बीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर–थ्रीमा प्रवेश गरेको हो।
समूह ‘सी’ मा हङकङसँग समान पाँच अंक भए पनि नेपाल बढी जित निकालेका आधारमा छनोट चरणमा पुगेको हो। आइसिसीको नियम अनुसार ‘डबल राउण्ड रोबिन’ लिगपछि शीर्ष दुई टोली टोलीबीच अंक बराबर भए सर्वाधिक जितका आधारमा टोली अगाडि रहने प्रावधान छ।
विजयी भएको अवस्थामा हङकङ नै ६ अंकसहित समूह विजेता बनेर अघि बढ्ने अबस्था थियो तर वर्षा बाधक बन्दा हङकङ प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले सुपर(थ्रीमा बलिया टोली यूएई र थाइल्याण्डको सामना गर्नेछ । सुपर–थ्रीमा एकअर्कासँग खेलेपश्चात शीर्ष दुई टोली ग्लोबल छनोटमा पुग्नेछन्।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्