राहत र उद्दारमा खटिन नेता तथा कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

राहत र उद्दारमा खटिन नेता तथा कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा लगायतका तराईका जिल्लामा भएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई राहत र उद्दारमा खटिन निर्देशन गरेका छन् ।

देउवाले सोमबार विहान सामाजिक संजाल मार्फत नेता तथा कार्यकर्ताहरुलाई बारा र पर्सा लगायतका क्षेत्रमा देखिएको प्राकृति समस्य र त्यसले निम्त्याको मानव संकटको उद्दार र राहतमा उत्रन निर्देशन गरेका हुन् ।

‘बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु’, देउवाले सामाजिक संजालमा लेखेका छन्, ‘घाईतेहरुको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु । साथै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र सवेच्छुकहरुलाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।’

प्रकाशित मिति : सोमबार, चैत्र १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij