काठमाण्डाै – प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई पक्राउ गरेको छ । अध्यक्ष चौधरीलाई ‘साइबर क्राइम’ अर्थात् विद्युतीय अपराध मुद्दामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
चौधरीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते पक्राउ पुर्जी जारी गरेको थियो । बलात्कृत युवती र उनको परिवारको पहिचान सार्वजनिक गरेको अभियोगमा पीडित पक्षले जाहेरी दिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
अध्यक्ष चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्