मानव तस्करको फन्दामा नाबालक

मानव तस्करको फन्दामा नाबालक

भैरहवा,
मानव तस्करीले नयाँ छल उपाय अपनाउँदै बालबालिकालाई भारतसम्म लैजाने गरेको खुलेको छ । बालबालिकालाई होटल तथा घर कामदार जस्ता बाहाना बनाई भारत लैजाने गरेको सरोकारवालाको भनाइ छ । नुवाकोट जिल्लाका ढक्पा जमयाङ लामा र काभ्रेपलान्चोक जिल्लाका केल्साङ तामाङले सरकारी कागज पत्र बिना भारतका विभिन्न बौद्ध गुम्बामा अध्ययनको निउँले लैजान लाग्दा यो रहस्य खुलेको हो । शंकास्पद लागेपछिको सोधपुछपछि ऊनीहरूलाई सीमामा रोकी घर पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

भारतको कर्नाटकस्थित विभिन्न बौद्ध गुम्बामा अध्ययन गराउने भनेर अभिभावक बिना लगिएका ति नाबालकलाई महिला तथा बालबालिका बेचबिखन तथा ओसार पसार बिरुद्ध भारतमा क्रियाशिल संस्था ‘किन इन्डिया’ र भारतीय एसएसबीको पहलमा उद्वार गरिएको छ । नेपालबाट भारत बौद्ध गुम्बामा पढाउने भन्दै अनधिकृत रूपमा भारततर्फ लैजाँदै गरिएका १९ जना नेपाली नाबालकलाई रूपन्देही जिल्लाको बेलहिया सिमा नाकाबाट उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी सुरज कार्कीले बताए ।बसमा चढाएर भैरहवा नाकासम्म ल्याइएका ति बालकहरूलाई नेपाल र भारतबीचको दशगजा सिमानाबाट उद्वार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी कार्की बताउंछन् । अभिभावक बिना, अध्ययनका लागि बालबालिकालाई विदेश लैजान पुरा गर्नुपर्ने प्रक्रिया पुरा नगरिएपछि र आवश्यक कागजात नभएपछि बालकहरू जोखिममा पर्ने सम्भावना देखेर नेपाल भारतका गैरसरकारी संघ संस्था, नेपाल–भारतका सुरक्षा निकायको सहयोगमा बालबालिकाको उद्धार गरिएको हो डिएसपी कार्कीले भने ।

नेपाली केही बालकलाई पढाउने भनेर गैरकानुनी रूपमा बसबाट भारततर्फ लैजाँदै गरिएको जानकारी प्राप्त हुनासाथ तत्कालै भारतीय सुरक्षा निकाय एसएसबीसँग सहकार्य गरि विभिन्न संस्था र नेपाल प्रहरीको सहकार्यमा उनीहरूको उद्वार गरिएको शुभ अवसर ग्राम नेपाल भैरहवा शाखा संयोजक सत्य नारायण यादवले बताए । अभिभावक संग अध्ययन गर्न लैजाने सहमति गरेको तर बिचमा कतै हराएमा, कहिँ कतै गएमा जिम्मेवार नरहने उल्लेख गरेको र सरकारी संयन्त्रसँग कुनै सहमति नहुनु आफैमा उच्च जोखिममा हुने संयोजक यादव बताउँछन् ।

अभिभावक बिना कुनै पनि बालकलाई एक अर्को देशमा लैजानु पर्दा सरकारी स्तरबाटै कागजात हुनुपर्ने प्रावधान रहेको तर कुनै कागजात नभएका कारण संकास्पद रहेको छ यादवले भने उद्वार गरिएका ती बालक सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका जिल्लाका छन् । सिमानाबाट उनीहरूलाईं फर्काएर एसएसबीले नेपाल प्रहरीको जिम्मा लगाएको थियो । उनीहरू १० देखि १६ बर्षसम्म उमेरका छन् ।जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले बालकलाई सम्बन्धित अभिभावकको जिम्मामा घर पठाउने तयारी गरिएको हाल बाल हेल्प लाइनमा राखेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । ‘उनीहरूलाई गुम्बामा पढाउने भनेर अभिभावकसँग सहमती गरेर भारत लगिएको रहेछ’, डीएसपी कार्कीले भने ‘तर प्रक्रिया नपुर्याइ लगिएकाले बालकहरूलाई अभिभावक समक्ष पुग्ने व्यवस्था मिलाउँदै छौं ।’ विभिन्न जिल्लाका बालकहरू लैजांदै गर्दा कुनै सरकारी कागज नभएको र संकास्पद लागेकाले बालकलाई फर्काइएको डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij