बुटवल – पब्लिक भ्वाईस नेपालको आयोजना र बुटवल उपमहानगरपालिका वडा नम्बर १० कार्यालयको सहकार्यमा नागरिक सचेतना सम्बन्धी एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सनिवार वडा कार्यालयको सभाहलमा वडा कार्यालयबाट हुने सेवाप्रवाह, सुचनाको हक तथा त्यसको प्रयोग र सामाजिक हानिकारक मुल्य मान्यताले समाजलाई पारेको असरलाई न्यूनीकरण गर्ने लगाएतका सवालहरुमा छलफल गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बल बहादुर पुनले बुटवलका १९ वटै वडा मध्ये आफनो वडा सेवा प्रवाहमा उत्कृष्ट वडा मध्ये एक भएको दाबी गरे । वडा सानो भएता पनि वडा कार्यालय मार्फत नागरिकले पाउने सेवा,सुविधा होस या अन्य भौतिक कार्यमा होस जुनसुकै तरिकारले पनि कमी हुन नदिएको बताए । अध्यक्ष पुनले सुशासनयुक्त समाज निर्माणमा वडाले नमुना भूमिका खेलेको दाबीसमेत गरे । अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै वडा नम्बर १० का वडा प्रेम बहादुर बुढाथोकीले वडाबाट प्रदान हुने सेवाहरू र ती सेवामा नागरिकले कसरी पहुँच बनाइरहेका छन् भन्नेबारे जानकारी दिएका थिए । उनले नागरिकले जन्म, मृत्यु, बसोबास, नाता प्रमाणपत्र, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगायतका सेवा सहज रूपमा प्राप्त गरिरहेको उल्लेख गरे। साथै उनले वडामा सूचना प्रवाहको प्रकृया पारदर्शी रहेको र नागरिकले चाहेको सूचनामा कुनै अवरोध नरहेको बताए । त्यस्तै, पब्लिक भ्वाईस नेपालका अध्यक्ष राधा बस्नेतले सूचनाको हक भनेको के हो, कानुनी प्रावधान के छ ,यसलाई प्रयोग गर्ने तरिका,सार्वजनिक निकायसँग कसरी जानकारी माग्ने भन्ने बारेमा सहभागीलाई सहजीकरण गरेकी थिइन् । उनले सूचनाको हकले सुशासन, जवाफदेहिता र भ्रष्टाचार न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा संस्थाका महासचिव अम्बिका परियारले समाजमा रहेका भुईमान्छेको साहारा स्थानीय सरकार बन्नु पर्ने भन्दै समाजमा रहेको हानीकारक मुल्यमान्यताले मानव जीवनमा पारेको असर र यसको अत्यका लागि स्वयम नागरिक र सरकारले खेल्ने भुमिकाको बारेमा प्रष्ट पारेकी थिईन । त्यस्तै वडासदस्य तथा कार्यक्रम संयोजक रमेश प्रसाद अधिकारी, वडासदस्यहरु यमुना काउछा , मिनबहादुर रानाले बोल्दै समाजलाई सकरात्मकरुपमा परिवर्तन गर्नका लागि सरकारले ल्याएका रचनात्मक योजनाहरुलाई कार्यान्वयन गर्दा नागरिकहरुले बिषेश सहयोग गर्नु पर्नेमा जोड दिए । वडा सरकारले जहिले पनि नागरिकहरुकै माग र आवश्यकता अनुसार बार्षिक रुपमा योजना बनाएर काम गरेको दावी गरे । १० वटै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनीधि ,वडा तथा टोल बाल क्लवका अध्यक्ष ,सचिब, युवा संजाल, लगायतका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रमका अधिकाशं सहभागिहरुले यस्तै रचनात्मक र सकरात्मक र जनचेतनामूलक अभिमुखिकरण कार्यक्रमलाई वडाले निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्