लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ पी को डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम सम्पन्न

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी, नेपाल अन्तर्गत लायन वर्ष २०२५र०२६ का लागि आयोजित डिष्ट्रिक्ट क्याबिनेट अफिसर्स स्कूलिङ कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय निर्देशक लायन बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता, पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा खगेन्द्र सिटौला, राजन लम्साल लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा की नोट स्पिकरको रूपमा अध्यात्म मास्टर तथा हिप्नोसिस प्रशिक्षक राजकुमार प्याकुरेल तथा गेस्ट स्पिकरका रूपमा पूर्व राजदूत, समाजशास्त्री तथा सामाजिक अभियन्ता महेश दाहालले ज्ञानमूलक सत्रहरू प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, पूर्व गभर्नरहरू अरुण प्रताप राणा, अर्जुन मान सैंजु, सुनिल वझा, अनुप कुमार पहारी, महेन्द्र नारायण श्रेष्ठ, नवराज न्यौपाने, प्रथम भाइस डिष्ट्रिक गभर्नर सन्दिप कसौधन, द्वितीय भाइस गभर्नर मिना पन्थी लगायतले भनाइ राख्नुभएको थियो । नेतृत्व विकास, संगठनात्मक एकता र सेवा भावनाको सुदृढीकरणमा यस्तो तालिमले ठूलो योगदान पुर्याउने उहाँहरुको धारणा थियो ।

कार्यक्रमको सञ्चालन वर्ष २०२५र०२६ का डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी एम एल पाण्डेले गर्नुभएको थियो । डिष्ट्रिक्ट गभर्नर लायन बालाराम भट्टराईले वर्ष २०२५र२६ का लागि तय गरिएको कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पिन, डिष्ट्रिक्ट पिन तथा सहभागीताको प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन मनोरञ्जनात्मक “लायन्स गाला नाइट“ को आयोजना गरिएको थियो, जसले सहभागीहरूबीच आत्मीयता र सम्बन्ध विस्तार गर्न थप ऊर्जा प्रदान गरेको थियो । करिब १७० जना क्याबिनेट अफिसर्सको सहभागीता रहेको उक्त तालिम कार्यक्रममा नेतृत्व विकास, सेवा प्रभावकारिता तथा सहकार्य अभिवृद्धिका विविध सत्रहरू समावेश गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले प्रशिक्षण कार्यक्रम अत्यन्तै सफल, सशक्त र प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए । लायन वर्ष २०२५र२६ को ‘खुसी मन–सहयोगी हातहरू’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij