बुटवल–पर्यटनमन्त्री लिला गिरीको नेतृत्वमा प्रदेश ५ सरकारको तर्फबाट ९ सदस्यीय टोली चीन भ्रमणमा जाँदै छ । टोलीमा सहभागीहरुमा एकजना कांग्रेसको तर्फबाट पनि प्रतिनिधि छन् । उनी हुन्, कांग्रेस प्रदेश ५ की सचेतक निर्मला क्षेत्री । उनी सो टोलीमा कसरी परिन् ? कांग्रेसभित्र हंगामा मच्चिएको छ । उनी त्यो टोलीमा पर्नुको कारण के हो भन्ने प्रश्न कांग्रेस सांसदहरुले नै खोज्न थालेका छन् ।
कसैसँग सल्लाह र छलफलै नगरी टोलीमा परेपछि कांग्रेस दल समेत अचम्मित भएको छ ।
यसबारे प्रदेश सभा बैठकमा कांग्रेसकै एकजना सांसदले कुरा उठाएका छन् ।
विशेष समयमा बोल्ने क्रममा कांग्रेस सांसद वीर बहादुर रानाले सरकारले क्षेत्रीलाई कसरी चीन लैजान लागेको हो भन्नेबारे जवाफ मागे । उनले नाम त खुलाएनन् । तरपनि सदनमा भने–कांग्रेसको तर्फबाट प्रतिनिधित्व गराउँदै लैजान लागिएको हो भने संसदीय दललाई किन खबर गरिएन ?’
व्यक्तिगत आधारमा भएमा पनि प्रष्ट पारिनुपर्ने उनले माग गरे ।
हेर्नुस् भिडियो
प्रकाशित मिति : बिहिबार, साउन १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्