सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच भएको वार्ता निष्कर्ष विहिन

सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच भएको वार्ता निष्कर्ष विहिन

काठमाडौं, सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच सोमबार भएको १४ घण्टा लामो दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन टुङ्गिएको छ।

मुख्य गरी गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सञ्चालन सम्बन्धी नियमावली तत्काल स्थगित गर्ने व्यवसायीको मागमा सहमति जुट्न नसक्दा वार्ता असफल भएको हो। जसका कारण व्यवसायीले देशव्यापी सार्वजनिक यातायात बन्दलाई निरन्तरता दिने भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थ नेतृत्वको सरकारी वार्ता टोली र व्यवसायीका प्रतिनिधिबीच दिनभर चलेको छलफलमा अन्य बुँदामा सहमति नजिक पुगे पनि गण्डकी प्रदेशको नियमावली संघीय ऐन नआउँदासम्मका लागि स्थगित गर्नुपर्ने व्यवसायीको प्रमुख मागमा सरकारी पक्ष तयार नभएको वार्तामा सहभागीहरूले बताएका छन्।

यही पहिलो बुँदामा सहमति नभएपछि अन्य विषयमा थप प्रगति हुन नसकेको हो। अर्को चरणको वार्ता मंगलबार बिहान १० बजे पुनः बस्ने तय भएको छ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सञ्चालन सम्बन्धी नियमावलीको खारेजीको माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात बन्द गरेका हुन्

प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij