सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या

सुनवलमा कोदालो प्रहारबाट दुई जनाको हत्या

नवलपरासी-पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अवरैयामा आज बिहान करिब १०:३० बजे एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन्। घटनामा संलग्न २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जय राम थारु र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालोले प्रहार गरी हत्या गरेका हुन्।
प्रहरीका अनुसार, हेमराजले बुबा जय राम थारुको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए।
हत्या गर्ने कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनास्थलको अनुसन्धान जारी रहेको र हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij