पाल्पा — पाल्पाको चिदीपानीमा भएको एक हत्या घटनाका फरार अभियुक्त सन्त बहादुर सार्की करिब १४ वर्षमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार २०६८ सालको कार्तिक ११ गते राति करिब ११स्३० बजेको समयमा पाल्पा जिल्लाको तत्कालीन चिदीपानी गाविस–७ ९हाल माथागढी गाउँपालिका–१० दमारमा भएको घटनामा सन्त बहादुर सार्कीले आफ्नै भतिज रनविर नेपालीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
घटनाको रात सन्त बहादुरकी कान्छी श्रीमती र मृतक रनविरबीच घरायसी विषयमा विवाद भएको थियो। विवादकै क्रममा मादक पदार्थ सेवन गरेका सन्त बहादुरले घरमै भएको छुरा प्रयोग गरी रनविरलाई प्रहार गरेका थिए। गम्भीर घाइते भएका रनविरको उपचारका क्रममा मृत्यु भएको थियो।
हत्या पछि सन्त बहादुर फरार थिए। अनुसन्धानको क्रममा उनी भारतमा कान्छी श्रीमती र छोरासहित बसिरहेको, बेलाबेलामा ससुराली रहेको स्याङ्जा आउनेजाने गर्ने गरेको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ।
प्रहरी निरन्तर अनुसन्धानमा सक्रिय रहँदा सन्त बहादुरलाई २०८२ साल जेठ २५ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ गरिएको छ। उनलाई प्रहरी निरीक्षक सन्दिप बेल्बासे, प्रहरी असई राजकुमार बिक, प्रहरी हवल्दार राजेश उप्रेती र जवान रहिश कुमार हलुवाईको टोलीले नियन्त्रणमा लिएको हो।
हाल उनलाई पाल्पा जिल्ला अदालतबाट २५ गतेबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्