कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको आर्थिक समृद्धिका लागि उपमहानगरले सहकार्य गर्न तयार रहेको उल्लेख गरे । स्पष्ट कार्योजनासहित आउन आग्रह गर्दै उनले बजेट व्यवस्थापन, सीप तथा क्षमता विकाससँगै उद्यमशिलताका लागि काम गर्न तयार रहेको बताए । बुटवल उपमहानगर सबै समुदाय, वर्ग र जस्तोसुकै पहुँचका व्यक्तिहरुका लागि समान रहेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकतासाथ ती कुराहरुलाई समावेश गरिने प्रतिवद्धता व्यक्त गरे ।
उप प्रमुख सावित्रादेवी अर्यालले यौनिक तथा अल्पसंख्याक समुदायलाई सीप र रोजगारसँग जोड्दै आर्थिक सशक्तिकरणका लागि तयार रहेको उल्लेख गरिन् । उपमहानगरले कुनै पनि समुदायलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै उनले मानवीय बिकास र समुदायको आर्थिक समृद्धिको कुरालाई प्राथमिकता दिइने उल्लेख गरिन् ।
साहसी कदम नेपालकी अध्यक्ष हसिना क्षेत्रीले यौनिक तथा अल्पसंख्यक समुदायलाई राज्यले हेर्ने दृष्टिकोण केही सकारात्मक हुँदै गए पनि प्रयाप्त भने नभएको उल्लेख गरिन् । आज पनि कयौं यौनिक तथा अल्पसंख्यक समुदायले नागरिकता बनाउन नपाउने, विवाह दर्ता गराउन नपाउने लगायतका कानूनी झन्झटहरु कायमनै रहेको गुनासो गरिन् ।
प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्