लोकतान्त्रिक अभ्यासको नाममा सरकार फासीवादी अभ्यासमा : वैद्य

लोकतान्त्रिक अभ्यासको नाममा सरकार फासीवादी अभ्यासमा : वैद्य

बुटवल । नेकपा क्रान्तिकारी (माओवादी) का महासचिव मोहन बैद्य किरण ले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषदको बैठक सञ्चालन गर्नु उपयुक्त नभएको बताएका छन् ।

मुलुकमा गम्भिर परिस्थिति आइपरेको अवस्थामा मात्रै सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा बिदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न सकिए पनि अहिले विदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुपर्ने मुलुकमा त्यस्तो केहि गम्भिर परिस्थिति नभएकोले सो बैठक अनुपयुक्त भएको टिप्पणि गरे ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्धारा शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव बैद्यले बर्तमान सरकारको विदेश नीति स्पष्ट नभएको बताए ।

अमेरीकाको इण्डोप्यासिफिक आयोजना र चीनको बिर आर आई आयोजना दुवैमा सहमति जनाएर बर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै उनले भारत गयो भारतसँ ठिक्क,चीन गयो चीनसँग ठिक्क र अमेरिका गयो अमेरीकासँग ठिक्क बन्ने नीति लिएको आरोप लगाए ।

बर्तमान सरकार कम्युनिष्ट सरकार नभएको बताउदै उनले राष्ट्रियता,जनजिविका र जनतन्त्रको पक्षमा सामान्य सूधारका कार्यक्रम पनि ल्याउन नसक्ने सरकार कसरी कम्युनिष्ट सरकार हुनसक्छ भनि प्रश्न गरे ।

विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु संबिधान बिपरितको काम भएको भन्दै उनले विप्लव नेतृत्वको नेकपाको पनि कार्यनीति स्पष्ट नभएको बताए ।

उनले बर्तमान सरकारले लोकतान्त्रिक अभ्यासको नाउमा फासीवादी अभ्यासमा लागेको आरोप समेत लगाए । संसदीय चुनावमा ठेकेदारी र पैसाको चलखेल हुने गरेका कारण निर्वाचनबाट जनमतको कदर नहुने गरेकोले आफ्नो पार्टीले उप चुनाव बहिस्कार गर्ने निर्णयमा पुगेको उनले बताए ।

अर्को एक प्रशंगमा उनले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए ।

७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बैद्यले भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’

प्रकाशित मिति : शुक्रबार, भाद्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij