प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा दुईदिने विकास पत्रकारिता तालिम संचालन

प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा दुईदिने विकास पत्रकारिता तालिम संचालन

 

बुटवल, रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिममा रुपन्देहीमा क्रियाशिल छापा तथा विद्युतीय संचार माध्यममा काम गर्ने झण्डै डेढसय संचारकर्मीहरुको सहभागिता रहेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी दिनुभयो । युनियनमा आवद्ध संचारकर्मीको क्षमता विकासकालागि नियमित रुपमा क्षमता विकास कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।

 

तालिमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गर्नु भयो ।

 

उहाँले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भएगरेका प्रशासनीक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गर्नुभयो । बुटवलले नगरभित्र रहेकासँगै नगर बाहिर रहेका संचार माध्यम र संचारकर्मीहरुको विकास उनीहरुको प्रोत्साहनकालागि विभिन्न शिर्षकमा बजेट सहयोग गर्दै आएको उल्लेख गर्दै नगरले गरेका राम्रा र सुधार गर्नु पर्ने विषयलाई समाचारका रुपमा उठान गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले समाचारले विकास निर्माणसँगै गरिव महिला, दलीत तथा अल्पसंख्यकहरुका अधिकारका विषयमा सहयोग गर्दै आएको उल्लेख गर्दै सहयोग आवश्यक पर्नेलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले गरिव, विपन्न, असहाय र अल्पसंख्यकका विषयमा समाचार लेख्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामाथि आक्रमण र त्रासको वातावरण बनेको भन्दै स्वतन्त्र प्रेसका पक्षमा सबै एकठाउ उभिनुपर्ने बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, प्रदेश उपाध्यक्ष आरपी आचार्य, युनियनका केन्द्रीय सदस्य रेखा भुसाल, संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, समाजववादी प्रेस संगठनका अध्यक्ष विनोद परियार, युनियनका उपाध्यक्ष कल्पना तिवारीलगायतले विकास पत्रकारिताको विटमा कलम चलाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारिताको विकासकालागि निरन्तर, सिकाई हुन आवश्यक रहेको बताउनुभयो ।

दुई दिनसम्म चल्ने विकास पत्रकारिता तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, युनियनका पुर्व अध्यक्ष रामराज पोखरेल, युनियनका सल्लाहकार माधव नेपाल, पुर्व अध्यक्ष छवी पाण्डे, हरिष ढकाल, छवी पाण्डे, भवानीप्रसाद पाण्डे, विक्रम खड्का, रेखा भुसाल, लगायतले आआफ्ना पत्रकारिताका अनुभव शेयरिङसँगै सहजिकरण गर्नु हुने सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij