भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केदारनाथ मन्दिर दर्शन गरेर गुप्तकाशी बेस फर्किँदै गरेका तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना हुँदा एक शिशुसहित सात जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
उपत्यकामा अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक अनुमान छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्रु रहेको हेलिकोप्टर स्थानीय समय अनुसार बिहान साढे ५ बजेतिर सम्पर्कविहीन भएको थियो ।
यसअघि गएको बिहीबार चालक दलका सदस्यसहित २ सय ४२ जना बोकेर लन्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा दुर्घटना भएको थियो ।
एअर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २ सय ७० पुगेको छ । विमान दुर्घटनामा जमिनमा रहेका मानिसहरूको पनि ज्यान गएको थियो ।
प्रकाशित मिति : आइतबार, असार १ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्