निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

सङ्घीय संसद् भवनमा आइतबार बसेको प्रतिनिधिसभा बैठकको विरोध गर्नेक्रममा राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का सांसद हरि ढकाललगायत । तस्बिर किरणराज विष्ट÷रासस

काठमाण्डाै – सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा प्रतिवेदन पेश गर्नुभएको हो ।

 

यसअघि जेठ १४ गतेको बैठकमा नै पेश गर्ने तयारी भएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले विधेयक पारित गरेको थियो ।

 

विधेयकमा समितिले राखेका दुई वटा विषय अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने र कुलिङ पिरियड दुई वर्ष राख्ने व्यवस्थामा कर्मचारीहरूले विरोध गर्दै आएका छन् ।

 

यस्तै आजको बैठकमा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पुगेको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१’ पनि टेबुल भयो ।

 

यस्तै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभयो । बजेटमाथि आजै छलफल शुरू भएको छ ।

 

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : आइतबार, असार १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij