बुटवल १० को अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास

बुटवल १० को अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १० को अभियान पथमा वाउण्ड्री पर्खाल निर्माणको शिलान्यास गरिएको छ । प्रदेश प्रहरी तालिम केन्द्रदेखि मध्यपश्चिम पृत्तना हेडक्वार्टरतर्फ गरी ४६८ मिटर लम्बाईको पर्खाल निर्माणको काम सोमबारदेखि सुरु भएको हो ।

१ करोड ९ लाख ११ हजार लागत रहेको पर्खालको निर्माण काम यही असोज ३ गते सकिने बुटवल उपमहानगरपालिकाले जानकारी दिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्खालको शिलन्यास गर्दै पर्खाल निर्माणसँगै अभियान पथलाई ५१ फुट कायम हुने गरी सडक निर्माण गरिने बताए ।

नालीसहितको सडक नहुँदा चौराहामा डुबानको समस्या हुने गरेको मेयर पाण्डेयले स्मरण गर्दै नालीसहितको सडक निर्माण हुने र ३ फुटको पैदल यात्री मैत्री सडक बन्ने बताए । उनले अब बन्ने सडक पैदल यात्रु हिड्ने फुटपाटसहितको बजारमैत्री सडक बुटवलमा बन्ने बताए ।

उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले समयमा नै काम सम्पन्न नहुँदा जनतामा नैराश्यता पैदा हुने भएकाले समयमा नै काम सम्पन्न गर्नको लागि निर्माण कम्पन्नीलाई निर्देशन दिइन । वाउण्ड्री पर्खाल निर्माणको लागि मात्र उपमहानगरपालिकाले १ करोड ६० लाख बजेट बिनियोजन गरेको बताउँदै उनले अभियान पथलाई बजार मैत्री सडक निर्माण गरिने बताइन ।

बुटवल उपमहानगरपालिकाका ईन्जिनियर गोविन्द पंगेनीले पर्खाल निर्माणको लागि १ करोड ६० लाख बजेट बिनियोजन गरिएको र १ करोड ९ लाख ११ हजारमा बडिमालिका कन्ट्रक्सन प्रालिसँग उमहानगरपालिकाले ठेक्का सम्झौंता गरेको जानकारी दिए ।

२०८२ असोज ३ गतेसम्म निर्माणको काम सक्ने गरी सम्झौंता भएको हो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र तर्फ २०० मिटर र नेपाली सेनाको मध्यपश्चिम पृत्तना हेडक्वाटर तर्फ २६८.५० मिटर लम्बाईको पर्खाल निर्माण गरिने उनले जानकारी दिए ।

बुटवल उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष बलबहादुर पुनको अध्यक्षतामा आयोजना गरिएको शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष सिंह राठोर , वडा सदस्य रमेश अधिकारी लगायतले  बोलनु भएको थियो

प्रकाशित मिति : सोमबार, असार २ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij