भैरहवा, सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी २७ वर्षपछि मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ बस्ने गंगाराम यादव रहेका छन् ।
रुपन्देही जिल्ला अदालतले २०५५ साल चैत २ गते यादवविरुद्ध सवारी ज्यान मुद्दामा ७ दिन कैद सजाय हुने फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ ।
प्रकाशित मिति : बुधबार, असार ४ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्