विनयी खोलाले बस बगायो, सबै यात्रुको सकुशल उद्धार

विनयी खोलाले बस बगायो, सबै यात्रुको सकुशल उद्धार

काठमाडौं : पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाले राति बस बगाएको छ।

काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए। विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको वेला एक्कासी आएको बाढीले बस बगाएको उनले बताए।

‘नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो’, प्रहरी निरीक्षक तिमिल्सेनाले भने, ‘तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ।’

प्रहरीका अनुसार बसमा बालबालिकासहित ३८ यात्रु थिए। बस करिब एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले बताए।

प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij